Shikhar Insurance
National Life

स्थगित राधी विद्युत कम्पनीले पुन: बोलायो चैत ११ गते विषेश साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ चैत्र ४, सोमबार ११:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित विषेश साधारण सभा पुन: बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार चैत ३ गते नै बोलाएको विषेश साधारण सभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि चैत ११ गते पुन: सभा हिमशिखर पार्टी भेन्यू ललितपुर चापागाँउमा बिहान ८ बजे सभा बस्ने आव्हान गरेको हो ।

सभाले हकप्रद सेयर निष्कासनपछि कायम हुने चुक्ता पूँजी बराबर हुने गरी जारी पूँजी संशोधन सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सचाका सञ्चालक समितिलाई अख्तियारी दिने साथै २ जना सञ्चालकको नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

साथै, सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २५ गते बुक क्लोज गरिसकेको एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्