काडमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशक पदको लागि दरखास्त आवेदन खुला गरेको छ । कोषको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्रान गरेको हो ।
जसका लागि शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
इच्छुक आवेदकले २१ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।
तोकिएको म्यादभित्र प्राप्त भएका आवेदनहरुबाट पहिलो चरणमा बढीमा ५ जनाको छनोट गरी दोस्रो चरणमा सहभागी गराइने छ । दोस्रो चरणबाट उपयुक्त ३ जना उम्मेदवारको छनोट गरी सिफारिस समितिले अर्थ मन्त्रालय समक्षा सिफारिस गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्