Shikhar Insurance
National Life

युरोपको अर्थतन्त्र धारासायी हुँदैछन्, रुसको अर्थतन्त्र ३ प्रतिशतले बढ्छ

सिंहदरबार संवाददाता
२०८० कार्तिक १९, आईतवार १०:५२
Hyundai
NCELL
NIMB

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) तीन प्रतिशतले वृद्धि हुने दावी गरेका छन् । “यस वर्ष हाम्रो कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर २.८ देखि २.९ प्रतिशत वा ३ प्रतिशतसम्म पुग्नेछ,” रूसी महासङ्घको आठौं सिभिक चेम्बरका सदस्यहरू र क्षेत्रीय नागरिक चेम्बरका प्रमुखहरूसँगको भेटमा उनले भने ।

पुटिनले युरोपका अग्रणी अर्थतन्त्रहरू धराशायी हुने उल्लेख गर्दै यी अर्थतन्त्रहरू अहिले समस्यामा रहेको र चुनौतीहरूको सामना गरिरहेको दावी गरे । उनले पुटिनले रूस ‘आर्थिक, सैन्य, आन्तरिक र राजनीतिक रूपमा’ बलियो हुँदै जाँदा देश विश्व संगठनबाट बाहिरिने सम्भावना कम रहेको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्