Shikhar Insurance
National Life

यी हुन मन्दीका बीच पनि नाफा बढाउन सफल अब्बल बैंकहरु

सिंहदरबार संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थतन्त्र संकटग्रस्त बनेको भाष्यका बीच बाणिज्य बैंकहरुका नाफा १०.४४ प्रतिशतले घटेको छ । २०७९ असोज मसान्तमा १६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरु २०८० असोज मसान्तमा १४ अर्ब ७५ करोडमा खुम्चिए । यसपाली १२ वटा बाणिज्य बैंकहरु नाफा बढाउन असफल भए भने कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले ऋणात्मक रह्यो । अर्थात २०८० असोज मसान्तसम्मको अवधीमा कृषि विकास बैंक ८८ करोड रुपैयाँ घाटामै देखियो ।

बैंक तथा वित्तिय संस्थाहरुमाथि चौतर्फी हमला र ऋण नतिर्ने अभियानहरुका वावजुद पनि ८ वटा बाणिज्य बैंकहरु भने नाफा बढाउन सफल भएका छन् । त्यसरी नाफा बढाउन सफल बैंकहरुको उपल्लो सूचिमा हिमालयन बैंक देखिएको छ । हिमालयनससिहत नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, एनएमबि, प्रभु, प्राइम, स्ट्याण्डर्ड चाटर्ड र माछापुच्छ्रे बैंकले सबै चुनौतीहरु चिर्दै नाफा वृद्धि गर्न सफल भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

८ वटा बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकमा ८ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका छन् । यीनै बैंकहरुले अघिल्लो २०७९ असोज मसान्त अवधीमा जम्मा ६ अर्ब ५८ करोड रुपैयाँ मात्रै नाफा आर्जन गर्न सफल भएका थिए । यी ८ बैंकहरुले गत आवको सोही अवधीको तुलनामा यसपाली २५.९८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका हुन् ।

ग्लोबल आइएमईको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकले आफ्नो नाफा ७० करोडबाट वृद्धि गरेर एक अर्ब ३ करोड पुर्याएको छ । माछापुच्छ्रे बैंकले २०७९ असोज मसान्तमा जम्मा ४५ करोड नाफा कमाएको थियो तर यसापाली २०८० असोज मसान्तमा भने त्यस्तो नाफा ५४ करोड पुर्याएको छ ।

एनएमबि बैंकले पनि ९० करोडबाट आफ्नो नाफालाई ९६ करोड बनाउन सफल भएको देखिन्छ । हिमालयन बैंकको नाफा पनि ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि एक अर्ब १४ करोडबाट बढेर एक अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । स्ट्याण्डर्ड चाटर्डले २०७९ असोजमा ८१ करोड रहेको नाफालाई यसपाली ८२ करोड बनाएको छ । प्राइम बैंकको नाफा भने उल्लेख्य मात्रामा सुधार हुँदै ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्