Shikhar Insurance
National Life

आईपीओ, हकप्रद र प्रिमियमका सार्वजनिक निष्काशन रोक्दै धितोपत्र बोर्ड

सिंहदरबार संवाददाता
२०८० कार्तिक १६, बिहीबार ०८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केहि समयका लागि सार्वजनिक निष्काशनमा कडाई गर्ने भएको छ । बजार निरन्तर घटिरहेका बेला सार्वजनिक निष्काशनलाई स्वीकृति दिँदा लगानीकर्ता झन ‘प्यानिक’ हुने भन्दै बोर्डले तत्कालका लागि  सार्वजनिक निष्काशनलाई अनुमति दिने प्रक्रिया थाँती राख्न लागेको हो ।

धितोपत्र बोर्ड स्रोतका अनुसार निर्णय नै गरेर सार्वजनिक निष्काशन रोक्न मिल्ने कानुनी आधार नभएकाले अन्य विकल्पहरुको खोजी भैरहेको छ । ‘सप्लाई बढी भएर बजार प्यानिक भएको जस्तो सन्देश प्रवाह भएको छ, केहि समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्काशन स्थगित गर्ने उपायको खोजि भैरहेको छ’, धितोपत्र बोर्ड स्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्रोतका अनुसार तत्कालका लागि बुक बिल्डिङमार्फत हुने सार्वजनिक निष्काशन भने रोकिने छैन् । यस अघि नै सार्वजनिक निष्काशनका लागि अनुमति पाईसकेका कम्पनीहरुको निष्काशन प्रक्रिया भने रोकिने छैन् ।

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले तत्कालै सार्वजनिक निष्काशन रोक्नेबारे ठोस निर्णय नभएको तर त्यसबारे बजारबाट सुझाव आईरहेकाले केहि सोच्ने अवस्था बनेको बताए । ‘हामीले सार्वजनिक निष्काशन रोक्न मिल्दैन्, तर बजार प्यानिक भएका बेला थप स्वीकृति दिँदा लगानीकर्ताको मनोविज्ञानमा झनै प्रभाव पर्ने देखिएकाले हामी पनि केहि सोच्ने अवस्थामा पुगेका छौं, उपायहरुको खोजी भैरहेको छ’, बोर्ड अध्यक्ष हमालले सिंहदरबासँग भने ।

बजार सुधारका लागि यथेष्ठ प्रयासहरु गर्दा पनि आफ्नो आलोचना भैरहेको प्रति अध्यक्ष हमालले दुखेसो पनि पोखे । ‘ब्रोकरलाई लाइसेन्स दिईएको छ, ब्रोकर कमिसन घटाउने काम अघि बढेको छ, एसएमई प्लेटफर्मको काम अघि बढेको छ, पीईभीसीहरुले लाइसेन्स पाएका छन्, बोर्डले दर्जनौं सुधारका काम गरेको छ तर पनि मलाई गाली गर्नेहरुको कमी छैन ।’, अध्यक्ष हमालले दुखेसो पोखे ।
उनले अब सार्वजनिक निष्काशनको अनुमति दिने अधिकार नै बोर्ड सञ्चालक समितिलाई दिने पनि बताए ।

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । कमजोर कम्पनीहरुलाई आईपीओ निष्काशनको अनुमति दिएको, हकप्रद सेयर निष्काशनमा कडाई नगरेको तथा जथाभावी प्रिमियममा आईपीओ जारी गर्न दिएको भन्दै बोर्ड अध्यक्ष हमालको आलोचना भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्