काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचनको जागिर जोगिएको छ ।
शेरचनलाई सिईओ बनाउने निर्णय कानुन विपरिद रहेको दावी सहित अधिवक्ता अनिता थापा केसिले दायर गरेको रिट खारेज भए संगै उनको जागिर जोगिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको बुधबारको इजलासले शेरचनलाई सीईओमा गरिएको नियुक्ति कानुनसम्मत रहेको ठहर गर्दै रिट खारेज गरेको हो ।
सिईओ शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा गत माघमा मुद्दा दायर गरेकी थिइन् ।
शेरचनले अदालती प्रक्रियाबाट आफ्नो जागिर मात्रै जोगाएका छैनन्, उनले बैकिङ क्षेत्रमा एउटा नजिर पनि स्थापित गरिदिएका छन् ।
यो मुद्दाको टुङ्गो लागे संगै अब नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिईओ ज्योती प्रकाश पाण्डे, हिमालयन बैंकका सिईओ अशोक राणा, कुमारी बैंकका सिईओ रमेश अर्यालको पनि जागिर जोगिएको छ ।
यी सबै सिईओहरु दुई कार्यकाल पूरा गरि तेस्रो कार्यकाल काम गरिरहेका छन् । उनीहरु मर्जर तथा एक्विजिसन प्रक्रियाबाट प्राप्त हुने सुबिधा अन्तर्गत तेश्रो कार्यकाल सिईओको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्