Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, सूर्य ज्योति लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० कार्तिक १४, मंगलवार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार सेयर बजार घटेर बन्द भएको छ। सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से मंगलबार भने घटेर बन्द भएको हो ।

नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक घटेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ७० करोडको सेयर कारोबार भएको बजारमा यस दिन २८६ कम्पनीकाे २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ५५ कम्पनीको सेयर मूल्य बढेको छ । २१८ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.०५ प्रतिशत बढेको छ। अन्य कम्पनीहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

प्रिमियममा आईपीओ निष्कासन गरेको सोनापुर मिनरल्सको सेयर निरन्तर तेस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको सेयर मूल्य यस दिन २८ रुपैयाँ ३० पैसा २५५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन करिब ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४६ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्