Shikhar Insurance
National Life

भूकम्पले भत्किएको पुस्तकालय बनाउन नेशनल लाईफको सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक १२, आईतवार १०:०५
Hyundai
NCELL
NIMB

बझाङ । नेशनल लाईफ इन्स्योरेन्सले भूकम्पले भत्किएको विद्यालय भवन पुननिर्माणका लागि सहयोग गरेको छ । गत असोज १६ गते आएको भुकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा सम्पन्न एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उक्त सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हद सम्म भएपनि राहत मिल्ने धारण व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर खातीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा, विद्यालयका प्रधानाधयापक केशर बहादुर खातीले शिक्षाका लागि कम्पनीले विद्यालयमा गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने जानकारी दिँदै आर्थिक सहयोग प्रदान गरेकोमा कम्पनीलाई र आफ्नो विद्यालयसम्म आई सहयोग हस्तान्तरण गर्ने प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्