Shikhar Insurance
National Life

इजरायलका लागि जासुसी गरेको भन्दै ८ भारतीयलाई कतारमा मृत्यु दण्ड, को को परे ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १०, शुक्रबार ११:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । इजरायलका लागि जासुसी गरेको भन्दै कतारमा ८ जना भारतीय नागरिकलाई मृत्यु दण्डको फैसला भएको छ । कतारको एक अदालतले भारतका ८ नागरिकलाई गोप्य सैन्य सूचना इजरायललाई दिएको भन्दै मृत्यु दण्डको फैसला सुनाएको हो । मृत्यु दण्डको फैसला सुनाइएका ८ जना नै भारतीय नागरिकहरु पूर्व सैन्य अधिकारी हुन् । उनीहरू कतारको सेक्युरिटी कम्पनी ज़ाहिरा अल आलमी कम्पनीमा कार्यरत थिए ।

उनीहरूलाई सन २०२२ को सेप्टेम्बरमा गिरफ्तार गरिएको थियो । यो प्रोग्राम अनुसार कतारले राडारबाट बच्ने हाईटेक सबमरिन प्राप्त गर्दै थियो । यो कम्पनीले सबमरिन कार्यक्रम अन्तर्गत कतारको नौ सेनाका लागि काम गरिरहेको थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कतार र इजरायल परस्पर बिरोधि देश हुन । भारतीय पूर्व सैनिक अधिकारी मार्फत सेनाको आधुनिकिकरण गर्न लागेको कतारले आफ्नो अभियानमा जासुसी गरेको फेला परेपछि अनुसन्धान सुरु गरेको थियो ।
कतारमा मृत्यु दण्डको सजाय पाएको भारतका पूर्व सैन्य अधिकारीहरुमा क्रमशः पुर्नेदु तिवारी- पुर्व कमान्डर, नवतेज सिंह गिल-पुर्व क्याप्टेन, बिरेन्द्र कुमार बर्मा- पुर्व कमान्डर, शौरभ बशिष्ठ-पुर्व क्याप्टेन, सुग्नाकर पकाला- पुर्व कमान्डर, अमित नागपाल- पुर्व कमान्डर, सन्जिब गुप्ता- पुर्व कमान्डर र सेलर रागेश रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्