Shikhar Insurance
National Life

चिनमा गरिबी उन्मुलनका योजनाकार पूर्व प्रधानमन्त्री ली खछयाङको निधन

सिंहदरबार संवाददाता
२०८० कार्तिक १०, शुक्रबार ०९:०३
Hyundai
NCELL
NIMB

बेइजिङ । चिनका पूर्व प्रधानमन्त्री ली खछ्याङ्को निधन भएको छ । चिनियाँ सन्चार माध्यमहरुका अनुसार पूर्व प्रधानमन्त्री खछ्याङको हृदय घातका कारण निधन भएको हो ।

६८ बर्सिय खछ्याङले दुई कार्यकाल सन २०१३ देखि २०२३ सम्म चिनियाँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीमा रास्ट्रपति सि जिनपिङपछी दोश्रो वरियतामा थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जनाधार नभए पनि उनी पार्टीको उच्च तहसम्म पुगेका थिए र एक समय उनलाई रास्ट्रपतिका रुपमा समेत हेरिएको थियो । चिनियाँ रास्ट्रपति सि जिनपिङको कोर टिममा नरहेका उनी एक्लो उच्च अधिकारी थिए ।

पेकिंग यूनिवर्सिटीका बिद्यार्थी उनी आर्थिक नीतिको व्यावहारिक कार्यान्वयनका प्रवर्तक थिए । चिनमा गरिबी उन्मुलन तथा न्यून लागतमा गरिबका लागि आवास निर्माणमा उनको बिशेष योगदान थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्