Shikhar Insurance
National Life

दसैं बिदामा घुम्ने कोशी प्रदेशका पाँच आकर्षक पर्यटकिय गन्तव्य

सिंहदरबार संवाददाता
२०८० कार्तिक ८, बुधबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैं बिदामा घुमफिरमा निस्कने नेपालीहरूको बानी बढेको छ। साथीभाइ, परिवार र समूह नै बनाएर विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पुग्छन् । नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँहरू छन् । व्यस्त दैनिकीबाट टाढा रहेर केही दिन प्राकृतिक वातावरणमा रमाउन खोला, जंगल, उकालीओराली गर्दै देशका घुम्न जाने सोच बनाउनुभएको छ ?  यदि तपाई यसपालि दसैं विदामा घुम्न जानका लागि उपयुक्त ठाउँ खोजिरहनु भएको छ भने हामी केही गन्तव्यका बारेमा जानकारी गराउँछौं ।

सगरमाथा आधार शिविर
सगरमाथा आधार शिविर पदयात्रा तथा पर्वतारोहणमा धेरैले रूचाएको गन्तव्यमा पर्छ । नेपालको पूर्वी भागको सोलुखुम्बु जिल्लामा पर्ने यो यात्रामा विदेशीसँगै स्वदेशी पर्यटकहरूको लर्को लाग्ने गरेको छ । विशेषगरी हिमाली क्षेत्रको यात्रा आफैंमा साहसिक र रोमाञ्चक हुने हुँदा पनि यो गन्तव्य धेरैको रोजाइमा पर्छ । यो क्षेत्र घुम्नको लागि उत्कृष्ट ठाउँहरू मध्ये एक हो । जहाँबाट क्वाङ्दे, नुप्तसे, ल्होत्से, कांगटेगा, आमा डब्लम, सगरमाथा र अन्य साना चुचुराहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नाम्चे बजार
विदेशी र स्वदेशी सबैले रूचाएको अर्को गन्तव्य हो सोलुखुम्बुकै नाम्चे बजार । जुन समुद्री सतहबाट ३४४० मिटरको उचाइमा रहेको छ । सगरमाथा प्रवेशद्धारको नामले चिनिने नाम्चे बजारमा सिजनमा पर्यटकको भीड लाग्छ। खुम्बु क्षेत्रको ठूलो प्रशासनिक केन्द्र हो ।

नाम्चे बजारमा बस्नका प्रशस्त होटल र लजहरू छन्। साथै संग्रहालयहरू, गुम्बा, स्तुपा, लगायत सास्कृतिक र पर्यटकिय महत्वका संरचनाहरू हेर्न पाइन्छ । चारैतिरबाट हरियो जंगल, हिउँले ढाकिएका ठूला–ठूला पहाडहरूले घेरेका छन् । त्यसैले, यो नेपालको प्रदेश १ मा घुम्नैपर्ने ठाउँहरू मध्ये एक हो।

गोक्यो ताल
सोलुखुम्बुमै पर्ने अर्को महत्वपुर्ण गन्तव्य हो, गोक्यो ताल। समुन्द्री सतहबाट ४७००–५००० मिटरको उचाइमा रहेको छ । गोक्यो रीबाट सगरमाथा र अन्य छिमेकी चुचुराहरूमा सुन्दर सूर्योदय र सूर्यास्तको लागि यो उत्तम हो ।
हिमालय न्गोजुम्पा ग्लेशियर, माउन्ट एभरेष्ट, ल्होत्से, हिमनदी तालहरूमा सबैभन्दा ठूलो हिमनदीहरू हेर्न सक्नुहुन्छ । यसको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्छ। यो शान्त वातावरण मन पराउने मानिसहरूका लागि पनि उत्तम छ।

कोशी टप्पु वन्यजन्तु आरक्ष
कोशी टप्पु वन्यजन्तु आरक्ष पनि प्रदेश नम्बर एकमा रहेको अर्को घुम्नुपर्ने गन्तव्य हो । सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ। आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो । यो आरक्ष नदीको बालुवाबाट बनेको टप्पु भएको कारण यहाँ प्रायः सिसौ र खयरको जंगल पाइन्छ।

यो आरक्ष चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ । हाँसका विभिन्न जातहरू, दुई किसिमका लालसर र धेरै किसिमका बकुल्ला, गरुड, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छन् ।

पाथीभरा मन्दिर
ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर पनि कोशी  प्रदेश को प्रमुख गन्तव्य हो । यसलाई एक लोकप्रिय तीर्थ गन्तव्य भन्दा फरक पर्दैन् । पाथीभरामा हिन्दु र बौद्ध धर्मावलम्बीहरू पुजाआजाका लागि पुग्छन् ।

प्रायः दसैँतिहार र हिउँदे बिदा सदुपयोग गर्नका लागि पाथीभरा दर्शन गर्न जान्छन् । छोटो र अनुपम यात्राका लागि पाथीभरा धाम पनि उपयुक्त गन्तव्य हुनसक्छ । पाथीभरा आसपासबाट मकालु, लोत्से, डोम लगायत हिमश्रृंखला हेर्न पाइन्छ ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाम असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ ।

इलाम बजारभित्र रहेका नारायणस्थान, माईस्थान, सिंहबाहिनी सेतीदेवीले अनि इलाम बजार बाहिर रहेका पाथीभरा, गजुरमुखी, माइपाखरी लगायतका धार्मिक क्षेत्रहरूले पनि पर्यटक भुलाउने गर्छन् । इलाममा अन्तु, माइपोखरी, ढाप पोखरी, सन्दकपुर, कन्याम, गजुरमुखी लगायतका लोकप्रिय ठाउँहरू छन् ।

भेडेटार
धनकुटामा पर्ने भेडेटार उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा स्थापित छ। यदि पूर्व तिर घुम्न जादै हुनुहुन्छ भने यस ठाउँमा अवश्य पुग्नुहोस । समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा रहेको छ । भेडेटारबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू सजीलै हेर्न सकिन्छ । दुरीको हिसावले पनि नजिक रहेको यो ठाउँ धरानबाट १७ किलोमिटर उत्तरमा रहेको छ । यो ठाउँ यतिबेला उपयुक्त ठाउँको रुपमा रहेको छ । यो ठाउँ चिसो हुनाले तराईको गर्मी छल्न तथा स्वच्छ वातावरणमा रम्न एवं पहाडी र हिमाली भेगको सुन्दरता हेर्न उपयुक्त मानिन्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्