Shikhar Insurance
National Life

कोशीमा नयाँ ट्विष्टः देउवाकै सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाएको खुलासा

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार २०:२२
Hyundai
NCELL
NIMB

मोरङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा केदार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाइएको बताएका छन् ।

बिराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले कोशी प्रदेशको तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी प्रदेशसभा सदस्य कार्कीको नेतृत्वमा रकार निर्माण गरिएको बताएका हुन् । उनले कोशी प्रदेश सरकार गठनबाट सङ्घीय र वाग्मती सरकारलाई कुनै असर नपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने बताउँदै नेता कोइरालाले आवश्यकताअनुसार तिहार अगाडि सरकार विस्तार हुने जानकारी दिए । उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नहुनु संवैधानिक त्रुटी भएको टिप्पणी गरे ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्