Shikhar Insurance
National Life

दसैंमा पनि आयल निगमका डिपोहरू खुला रहने

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १६:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयाल निगमले दसैंको सार्वजनिक बिदाका दिनहरूमा पनि बिक्री केन्द्र (डिपो)हरू खुला रहने बताएकाे छ। आयाल निगमका अनुसार कात्तिक ४ गते शनिबार अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिनसम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् ।

आयाल निगमले केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिनअनुसार खुला राख्ने तालिका तयार गरिएको जनाएको छ । जसअनुसार कोशी प्रदेशअन्तर्गतको विराटनगर कार्यालय र मधेस प्रदेशस्थित अमलेखगञ्ज कार्यालय कात्तिक ४ गते अर्थात् फूलपातीका दिन र कात्तिक ९ गते पूर्णिमाका दिन खुल्ने छ । अरू दिन भने यी दुई डिपो कार्यालयहरू बन्द रहनेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, बागमती प्रादेशिक कार्यालय थानकाेटको कात्तिक ४, ६ र ९ गते खुला रहनेछ र बाँकी दिन बन्द रहनेछ । गण्डकी प्रादेशिक कार्यालय, पोखरा, कात्तिक ५ र ९ गते खुल्नेछ । लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कात्तिक ४, ६ र ९ गते खुल्नेछ भने अरू दिन बन्द हुनेछ ।

यसैगरी कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कात्तिक ४ गते एक दिन मात्र खुल्नेछ भने बाँकी सार्वजनिक बिदाका दिन बन्द रहने निगमले जनाएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी कात्तिक ५ र ८ गते खुल्ने छ भने शाखा कार्यालय चारआली कात्तिक ४ र ८ गते खुल्नेछ निगमले जनाएकाे छ।

NOC-nepal

GBIME

प्रतिक्रिया दिनुहोस्