काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीजी ब्रुअरीमा बोनसको विषयलाई लिएर गत बुधबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने चेम्बरले उल्लेख गरेको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीहरु न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा ब्रुअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न चेम्बरको आग्रह छ ।’
व्यवस्थापन र मजदुरबीच शान्तिपूर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने बिकल्प छँदा छँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ । आफ्ना मागलाई लिएर बार्ता तथा विधिद्धारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यावसायिक वातावरणको प्रतिकूल हुने चेम्बको ठहर छ ।
चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधीले उद्योगलाई धरासायी हुने र औद्योगिक प्रवर्द्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधिले आन्तरिक र बाह्य लगानीलाई समेत गम्भीर असर पर्नेछ।’
सीजी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पु¥याएका उद्यमीहरुलाई भविश्वमा थप समस्यामा पार्ने पनि चेम्बरले सम्बन्धित सबैलाई सजग गराएको छ । औद्योगिक सम्वन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न÷नगराउन समेत सम्बन्धित पक्षसँग चेम्बरले आग्रह गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याइरहेका उद्यमीहरूको मनस्थितिलाई थप कमजोर हुनबाट जोगाउनका लागि आवश्यक पहल हुनुपर्ने चेम्बरले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्