Shikhar Insurance
National Life

सानिमा बैंकले ल्यायाे चाडपर्व लक्षित योजना, मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ४० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेड इन नेपाल’ चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा बैंकको डिजिटल प्रणालीमार्फत भुक्तानी गरेमा विशेष छुट तथा क्यासब्याकको व्यवस्था गरेको छ ।

उपरोक्त प्रयोजनका लागि नेपालमा उत्पादित विभिन्न वस्तुहरु बिक्री गर्ने व्यापारीक केन्द्र तथा प्रतिनिधिहरुसँग सहकार्य गरिएको छ । यसबाट स्थानीय उत्पादन, बिक्री प्रवर्द्धन तथा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहित गर्न मद्दत पुग्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना असोज २७ देखि मंसिर ३ गतेसम्मका लागि लागू हुनेछ । ग्राहकहरुले सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा मर्चेन्टहरुबाट ४० प्रतिशतसम्मको छुटका साथै बैंकबाट १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको क्यासब्याक लाभ लिन सक्नेछन् कम्पनीले जनाएकाे छ । मर्चेन्टहरुको सूची र छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/products/cards/discount-outlet मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालयहरु तथा १ सय २३ वटा एटिएमहरु सञ्चालनमा छन् । यसैगरी, सानिमा डेबिट/क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट र अन्य मर्चेन्टहरमा विभिन्न छुटहरु प्राप्त गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्