Shikhar Insurance
National Life

कुमारी बैंककाे ‘बडादसैं क्यासब्याक तथा दक्षिणा योजना’ मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ५०१ क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० कार्तिक ३, शुक्रबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको ‘बडा दसैं दक्षिणा’ र ‘क्यासब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकको ‘क्यासब्याक अफर’ योजनाले महान चाड दसैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ । यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैयाँसम्म क्यासब्याक दिइने छ । क्यासब्याक रकम पोस, क्युआर पेमेन्ट तथा अनलाइन पेमेनटबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कात्तिक ६ देखि कात्तिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ ।

साथै, कुमारी बैंकले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधासहित ‘क्यासब्याक अफर’ सँगै ‘बडा दसैं दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४ सय ग्राहकलाई बैंकद्वारा ५० क्यासब्याक दिइने जनाएको छ । क्यासब्याकका लागि योग्य हुन न्यूनतम कारोबार १ सय रुपैयाँ हुनुपर्ने कम्पनीले जनाएको छ । माथि उल्लेखित दुवै अफरहरु बिहान ८ बजेदेखि राति ११ः ५९ बजेसम्म गरिएका कारोबारमा लागु हुनेछ ।

कुमारी बैंकले देशभर रहेका ३ सय ८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्