Shikhar Insurance
National Life

सिटिजन लाइफद्वारा छैटौं वार्षिकोत्सवका अवसरमा समता एजुकेसनलाई ५ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार १६:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले छैटौं वर्ष पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सबैभन्दा विश्वासिलो र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यका साथ अघि बढ्दै सफलताको छैटौं वर्ष पुरा भएको सुखद अवसरमा, सबैका लागि शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा भन्ने मूल नाराका साथ ७७ वटै जील्लामा करीब ४० हजार विद्यार्थीसहित (मात्र १०० रुपैयाँ प्रतिविद्यार्थी प्रतिमहिना) ८३ वटा समता विद्यालय सञ्चालन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२३ वर्षको शैक्षिक इतिहास बोकेको समता एजुकेसन फाउन्डेसनले हालसम्म आर्थिक अवस्था कमजोर भएका १२ हजार जति बालबालिकालाई लाभान्वित गराउन सफल भएको छ भने १ हजार ७ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

कक्षा नर्सरीदेखि स्नातकोत्तर डिग्रीसम्म एकै विध्यालयमा पठन–पाठन हुने समताको आउने दिनमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई सबैभन्दा न्यून शुल्कमा विज्ञान विषय, नर्सिङ विषय लगायत अरु थुप्रै मेडिकल विषयसमबन्धी शिक्षा प्रदान गर्ने योजना रहेको छ ।

यो पवित्र उद्देश्यका साथ अघी बढको समता एजुकेसन फाउन्डेसनको थप हौसला बढाउन, सिटिजन लाइफ इन्स्योरेन्स पनि सँगसँगै उभिएको छ । कम्पनीले आज कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सञ्चालक समितिका तीन सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथमणि खड्काद्वारा समता एजुकेसन फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई ५ लाख रुपैयाँकोे चेक हस्तान्तरण गरेको छ ।

सिटिजन लाइफको यस सहयोगले समतालाई छात्रवृत्ति अशय कोष स्थापना गरी विद्यालय सञ्चालन गर्न केही मद्दत हुने अपेक्षा रहेको छ । यसका साथै कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम, र्याली, रक्तदान कार्यक्रम, सामाजिक रुपमा पिछडिएका समुदायहरुका लागि सीपमूलक तालिम, शैक्षिक सामग्रीको अभाव भई शिक्षाबाट वञ्चित विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण तथा अनुदान, दृष्टिबाट वन्चित केही व्यक्तिहरुलाई सेतो छडी वितरण लगायतका विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्