Shikhar Insurance
National Life

सानिमा बैंकद्वारा १४.७० प्रतिशत लाभांश पारित

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकको आज बिहीबार बसेको १९औं वार्षिक साधारणसभाले  चुक्ता पुँजीको कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको साे सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७९/८० मा २.६१ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २१५.६४ अर्ब रुपैयाँ, कुल निक्षेप १७८.८५ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४९.८७ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १२.५६, ५.७८ र १२.०२ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको वित्तीय परिसूचक (असार मसान्त २०८०)

निष्क्रिय कर्जा १.३१ %
पुँजीकोष १४.४२ %
तरलता ३०.०१ %
कर्जा निक्षेप अनुपात (मासिक औसत) ७९ %

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्