Shikhar Insurance
National Life

भारतीय सरकारकाे ५ करोड ५२ लाख सहयोगमा हुम्लामा दुई विद्यालय निर्माण

सिंहदरबार संवाददाता
२०८० कार्तिक २, बिहीबार १३:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतीय राजदूतावासको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा दुईवटा विद्यालय भवन निर्माण भएका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारका ५ करोड ५२ लाख ३ हजार रूपैयाँ अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय भवन र चङ्खेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशाला र पुस्तकालय भवन निर्माण भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भवनको नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले संयुक्तरूपमा उद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थिति रहेको थियो । दुवै विद्यालय भवन आजै औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्