काठमाडौं । विशेष कार्यक्रमका बीच एभरेस्ट बैंकले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो ।
बैंकका २ सयभन्दा बढी कर्मचारीका बीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विशेष सम्मान गरेका थिए ।
यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेसनका राष्ट्रिय प्रतिनिधि डा एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रञ्जितको समेत उपस्थिति रहेको थियो ।
बैंकके देशैभरी छरिएर रहेको आफ्नो १ सय २७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६२ एटिएमबाट सुबिधा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्