काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडादशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।
तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क : https://vt.tiktok.com/ZSN6GFKjC/) ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरी प्रथम, द्वितीय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।
प्रथम हुनेलाई नगद ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कात्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।
यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बडादशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्