भ्लादिभोस्टक । रुसमा प्रयोग भएका कारको बिक्री गत सेप्टेम्बर महिनामा १०.९ प्रतिशतले बढेर ५ लाख ९ हजार ५०० वटा पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
विश्लेषणात्मक एजेन्सी अटोस्ट्याटको तथ्यांकलाई उद्धृत गर्दै प्रतिवेदनले रुसमा जनवरीदेखि २०२३ सेप्टेम्बरसम्ममा कुल ४३ लाखवटा बिक्री भएको जनाएको छ जुन २०२२ को सोही अवधिको तुलनामा २३.६ प्रतिशतले बढी हो।
सेप्टेम्बरमा ११५, ३०० वटा बिक्री भएको छ जुन एक वर्ष अघिको तुलनामा ८.४ प्रतिशतले बढेको छ। यस वर्षको पहिलो नौ महिनामा लाडा ब्रान्डले ९३१, ५०० वटा प्रयोग भएका कारहरू बेचेको छ जुन वार्षिक रूपमा ८.६ प्रतिशतले बढेको हो।
यसैगरी सबैभन्दा लोकप्रिय दोस्रो ब्रान्ड टोयोटा, जसको बिक्री सेप्टेम्बरमा १३.७ प्रतिशतले बढेको थियो र जनवर-सेप्टेम्बर अवधिमा ५१७,६०० वटा बिक्री भएको थियो। सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्