Shikhar Insurance
National Life

२० वाणिज्य बैंकले दुई महिनामा कमाए १६ अर्ब ६४ करोड, ग्लोबल, नबिल र एनआईएमबी टप थ्रीमा

सिंहदरबार संवाददाता
२०८० कार्तिक १, बुधबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो २ महिनामा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउन र भदौ महिनामा सो मात्रामा नाफा आर्जन गरेका हुन् ।  ग्लाेबल बैंक १ अर्ब ७५ कराेड ५८ लाख रुपैयाँ नाफा कमाएर धेरै कमाउने बैंकको स्थान सुरक्षित गरेको छ । सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल एसबिआई बैंक रहेको छ, जसले जम्मा २७ करोड २९ लाख ९० हजार रुपैयाँ मात्रै नाफा कमाउने सकेको छ ।

धेरै नाफा कमाउने बैंकहरुको दोस्राे नम्बरमा रहेको नबिल बैंकले २ महिनामा १ अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाउँदै तेस्राे स्थान सुरक्षित गरेको छ । हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ नाफा कमाएर चौथो स्थान सुरक्षित गरेको छ । पाँचौं नम्बरमा भने १ अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ नाफा कमाएर कुमारी बैंक अगाडि आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड ५१ हजार रुपैयाँ मात्रै नाफा कमाउन सकेको छ । लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख ९ हजार रुपैयाँ कमाउँदा प्राइम कमर्सियल बैंकले ८३ करोड ६५ लाख ५० हजार नाफा कमाएको छ । एनआईसी एसिया बैंकले ८० करोड ५५ हजार रुपैयाँ नाफा कमाएको छ भने एनएमबि बैंकले ७६ करोड ७० लाख ३ हजार नाफा आर्जन गरेको देखिन्छ ।

एभरेष्ट बैंकले २ महिनामा ७१ करोड २५ लाख ९० हजार नाफा कमाउँदा नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार नाफा जोड्न सकेको छ । प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार नाफा कमाउन सफल हुँदा कृषि विकास बैंकले ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सानिमा बैंकले ५१ करोड२० लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख ८० हजार रुपैयाँ नाफा जोडेको छ ।

माछापुच्छ्रे बैंकले २ महिनामा ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ नाफा जोडेको छ । स्ट्याण्डर्ड चाटर्ट बैंकले भने ४८ करोड ४५ लाख २० हजार रुपैयाँ मात्रै नाफा आर्जन गर्दा सिटिजन्स बैंकले ४४ करोड ३१ लाख ७० हजार रुपैयाँ कमाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्