Shikhar Insurance
National Life

एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घाेषणा

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकको २९ औं वार्षिक साधारण सभाबाट २०.५३ प्रतिशत लाभांश पारित भएको छ । आज मंगलबार सम्पन्न भएको  साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साधारणसभाले सेयरधनीहरुलाई आव २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले प्रस्तावित बोनस शेयर वितरण भएपश्चात हालको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकले जारी र चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकको साधारणसभाले आव २०८०/८१ को लागि एन अमात्य एन्ड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्