Shikhar Insurance
National Life

डलरको मूल्य नयाँ रेकर्ड कायम,नेपाली रुपैयाँ बन्यो हालसम्मकै कमजोर

सिंहदरबार संवाददाता
२०८० आश्विन ३०, मंगलवार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ५५ पैसा पुगेको छ। यो हालसम्मकै महँगो हो।

सोमबार डलरको मूल्य १३३ रुपैयाँ ५३ पैसा थियो। मंगलबार २ पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो। अब नेपाल राष्ट्र बैंकबाट एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५५ पैसा खर्च गर्नुपर्ने भएको छ। अन्य मुद्रा सटाहि गर्ने कम्पनी तथा वाणिज्य बैंकको तुलनामा फरक हुन सक्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर भएको हो।

यसअघि डलरको मूल्य अधिकतम १३३ रुपैयाँ ५४ पैसासम्म मात्रै पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोडेको हो।

डलरको मूल्य महंगिदै जाँदा नेपालीहरुलाई आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।

डलरको मूल्य महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने भएको छ ।

विदेशमा रहेको नेपालीहरुले दशैको समयमा रेमिट्यान्स पठाउदा भने फाइदा हुने भएको छ ।

विदेशी मुद्रको विनिमय दरः

GBIME

प्रतिक्रिया दिनुहोस्