Shikhar Insurance
National Life

चार बिमा कम्पनीलाई प्रिमियममा आईपीओ ल्याउने सैद्धान्तिक सहमति कानुनअनुसार नै दिएको हो- प्राधिकरण

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चारवटा बीमा कम्पनीहरुलाई प्रीमियममा आईपिओ ल्याउनका लागि कानुन अनुसार नै सैद्धान्तिक सहमति दिएको स्पष्टीकरण दिएको छ ।

बीमा प्राधिकरणले कानुन विपरित प्रीमियममा आइपिओ ल्याउन सैद्धान्तिक सहमती दिएको आरोप लागेपछि प्राधिकरणले आफ्नो बचाउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा ऐनको ब्यवस्था अनुसार नै आफुहरुले प्रीमियममा आईपिओ ल्याउन सैद्धान्तिक सहमती दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख्य गरिएको छ ।

प्राधिकरणले सन नेपाल लाइफ, आईएमइ लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफलाई प्रीमियममा आईपिओ जारी गर्न सैद्धान्तिक सहमती दिएको थियो । ती चारै कम्पनीले प्रीमियममा आईपिओ जारी गरि नेप्सेमा सूचीकृत भएर कारोबार समेत थालिसकेका छन् ।                     

GBIME

प्रतिक्रिया दिनुहोस्