काठमाडाैं । बडादशैंको अवसरमा केटीएम सिटीले बजारमा विशेष अफर ल्याएको छ । दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा बस तथा विमानको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
नेपालीहरुको विशेष चार्ड बडादशैंको अवसरमा ग्राहकलाई रित्तो हात हुन नदिन ५ सय रुपैयाँसम्मको खरिदमा पठाओको प्रमोसन कोड, १ हजारसम्मको किनमेल गर्नेका लागि बफ र टोपी तथा २ हजारसम्मको किनमेल गर्ने ग्राहकहरुले रुमाल प्राप्त गर्न सकिनेछ ।
त्यसैगरी अब ग्राहकले यो दशैं र तिहारमा ६ हजार मूल्यका सामान लिएर जुनसुकै सहर जान बसको टिकट प्राप्त गर्न सक्नेछन् । केटीएम सिटीको २० हजारसम्मको सामान किन्नेले झापा, बुटवल वा पोखराको उडान टिकट पनि पाउनेछन् । साथै केटीएम सिटीले ३० हजारभन्दा माथिका सामान खरिद गर्ने थोक ग्राहकले १५ प्रतिशत छुट पाउने बताएको छ ।
बडादशैं अफर नजिकैका पसल तथा अनलाइनबाट लिन सकिने कम्पनीले जनाएको छ । यो अफर सिमित अवधिका लागि लागू हुने बताइएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीले दशैंलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई यो उपहार योजना बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्