Shikhar Insurance
National Life

केन्पोको तेस्रो राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदै

सिंहदरबार संवाददाता
२०८० आश्विन २९, सोमबार १४:४६
Hyundai
NCELL
NIMB

भक्तपुर । नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघका एसिया प्रमुख एवं नेपालका केन्द्रीय अध्यक्ष डा। पूर्णप्रसाद पाण्डेले नेपालको खेलकुद क्षेत्रको विकासको अवरोधको रूपमा नेपाली राजनीति खडा भएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी कात्तिक १७-१८ गते आयोजना हुने केन्पो तेस्रो राष्ट्रिय प्रतियोगिताका सम्बन्धमा जानकारी दिन रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले नेपालमा खेलाडीको र खेलकुद क्षेत्रको विकासका लागि राजनीति नै वाधक भएको पक्षमाथि जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्पो तेस्रो राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशमै आयोजना गर्नुको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष पाण्डेले भने, “कर्णाली प्रदेशमा विलक्षण प्रतिभाशाली खेलाडीहरू रहेता पनि राष्ट्रिय स्तरका प्रतियोगिता शून्य प्रायः भएकाले केन्पोको तेस्रो राष्ट्रिय प्रतियोगिता आयोजनाले अन्य विधाका खेल र खेलाडीहरूलाई समेत राष्ट्रिय प्रतियोगिता जस्ता इभेन्ट आयोजना गर्न प्रेरणा प्राप्त गर्न श्री गणेश हुने विश्वास लिएको छु । साथै एउटा तथ्य स्पष्ट छ कि कर्णाली प्रदेश खेल र खेलाडीको विकासका लागि अथाह सम्भावना बोकेको क्षेत्र हो ।”

पछिल्लो समय खेलकुद प्रतियोगिता न्यूनरूपमा आयोजना भइरहेको विद्यमान अवस्थालाई ध्यान दिँदै नेपालका ७७ वटा जिल्लाका खेलाडीहरूले सहभागिता जनाउने उक्त तेस्रो राष्ट्रिय प्रतियोगिताबाट खेल क्षेत्र नयाँ सञ्चारको संवाहक बन्ने पाण्डेले बताए । प्रख्यात राष्ट्रिय खेलाडीहरू समेत आर्थिक अभावका कारण विदेश पलायन हुने प्रवृत्ति देखापरेको सन्दर्भ र देशका लागि विदेशमा गएर खेल्दासमेत सामान्य चोटपटक लागे पनि उपचार गर्न नसक्ने अवस्थालाई गम्भीरताका साथ केन्पो खेल आर्थिक उन्नतिका सदैव सचेत र केन्द्रीभूत रहने पाण्डेको प्रतिबद्धता थियो । राज्य र स्थानीय तहसँगको सहकार्यमा खेलाडीलाई कसरी रोजगारी प्रदान गर्न सकिन्छ भनेर बहस चलिरहेको बेला पाण्डेले, भने, “अब हामी सरकारलाई योजना दिन्छौं, जसले खेल क्षेत्रको मात्र नभएर खेलाडीले समेत आफ्नो र देशका लागि खेल खेलेकोमा गर्व गर्न सक्नेछन् ।”

यस्तै पत्रकार भेटघाटमा केन्पोका कर्णाली प्रदेश अध्यक्ष ईश्वर शाहीले कात्तिक १७ र १८ गते गरिने प्रतियोगिताको सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले हरेक तह र तप्काको सहयोग बिना कुनै पनि काम सफल नहुने भन्दै प्रतियोगितालाई सफल पार्न खेल क्षेत्रलाई माया गर्नेहरूको साथ सहयोग जरुरी रहेको बताए । ७७ जिल्लाका खेलाडीहरूले ३० देखि ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् भने प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ट्रफी, मेडल, प्रमाणपत्र र २५ हजार नगद, दोस्रो हुने खेलाडीलाई मेडल, प्रमाणपत्र र १५ हजार नगदका साथै तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई सांकेतिक रूपमा मेडल, प्रमाणपत्र र १० हजार नगद प्रोत्साहन स्वरूप प्रदान गरिने शाहीले जानकारी दिए । प्रतियोगिताको भव्य उद्घाटन समारोहको शुभारम्भ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्