काठमाडाैं । नेपालमा हुन्डाईका गाडी बिक्री गर्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभीको ब्याट्री परीक्षण गरेको बताएको छ । यसै अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’मा हुन्डाईले हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको बताएको छ।
जसमा २ सयभन्दा बढी सवारीधनीको ब्याट्री परीक्षण गरिएको र चार वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशतभन्दा बढी पाइएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभी मा संभवतः पहिलो गाडी हुन्डाई कोना हो। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएका छन्।
२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिसन इम्पोसिबल’ नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमीटर को यात्रा १७००० फीटको उचाइ र (१२ डिग्री को कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविरसम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको थियो। यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो।
नेपालमा सन् २०१९ मा पहिलो चोटी लन्च गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ। आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ।
५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको छ । सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता, हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताए।
प्रतिक्रिया दिनुहोस्