काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिएको छ ।
यसपालि बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।
हालसम्म बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था थियो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैं बिदा परेकाले समय थप गरिएको राष्ट्र बैंक डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।
राष्ट्र बैंकले कार्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत विवरण सार्वजनिक गर्नसक्ने निर्णय असोज २६ गते नै गरेको डेपुटी गभर्नर मिश्रले बताए ।
शुक्रबार नै म्याद थप सम्बन्धि निर्णय गरिसकेका छौँ, अब बैंकहरुले १७ गतेभित्र अपरिस्कृत विवरण ल्याउन सक्छन्, दसैं बिदा परेकाले यस्तो सुबिधा दिएका हौं । डेपुटी गभर्नर मिश्रले सिंहदरबारसंग भने ।
अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिएको भए पनि अन्य सुबिधाहरु भने थप नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसपाली कात्तिक ७ गते दसैंको टीका रहेको छ । कात्तिक ४ गतेबाट दसैं बिदा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्