Shikhar Insurance
National Life

पाइलट सेढाईंलाई थप उपचारका लागि भारत लगियो

सिंहदरबार संवाददाता
२०८० आश्विन २८, आईतवार १२:३३
Hyundai
NCELL
NIMB

काठमाडाैं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ ।

श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेसनल बर्न सेन्टर मुम्बई लगिएको अस्पतालले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा निशान्त ढकाल, डा रामकृष्ण बुढाथोकी, डा आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनील केएम र बलि जंग शाहीले ‘मेडिकल स्कर्टिङ’ गरेका थिए ।

श्री एयरलाइन्सका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः२० बजे मुम्बईको लागि उडेको थियो ।

आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई एयरपोर्टमा बर्न सेन्टरको मेडिकल टिमलाई बिरामी हस्तान्तरण गरि बिहान ४ बजेर २० मिनेटमा नेपाल फर्केको ह्याम्सका इमर्जेन्सी डा। इन्चार्ज निशान्त ढकालले जानकारी दिए ।

गम्भीर घाइते सेढाईंलाई ह्याम्स अस्पतालमा शनिबार डा निशान्त ढकाल, डा सन्तोष न्यौपाने, डा रामकृष्ण बुढाथोकी, प्लास्टिक सर्जन डा। कृष्ण मानन्धर, पारामेडिक्सतर्फ सरोज चौधरी र बलीजंग शाहीले उपचार गरेका थिए ।

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । साथै उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

घाइते पाइलटको उपचार ह्याम्समा इमरजेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको शरीर र हातको उपचारका लागि ह्याम्सको अपरेसन कक्षमा ‘डेब्रिडेमेन्ट’ र ‘इस्कराटोमी’ गरी उपचार भएको थियो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ बजेर १३ मिनेटमा लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्