Shikhar Insurance
National Life

सांसद विनोद चौधरीको पहलमा स्वास्थ्य मन्त्रालयले नवलपरासीमा पठायो तीन चिकित्सक

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । नवलपरासी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन चिकित्सक पठाएको हो।

मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ । तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिनिधिसभा निर्वाचनका बेला नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले तीन जना एमविविएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्