Shikhar Insurance
National Life

अनेरास्ववियूद्वारा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा बहुमुखी क्याम्पसमा शोकसभा

सिंहदरबार संवाददाता
२०८० आश्विन २६, शुक्रबार १५:५१
Hyundai
NCELL
NIMB

कैलाली । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ ।

शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायअन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले पार्टी दुःखी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अनेरास्ववियूकी अध्यक्ष आरती लामाले सरकारले कमाउँदै पढ्ने वातावरण नेपालमै बनाउन नसकेकाले यस्तो अवस्था आएको र आगामी दिनमा यस्तो परिस्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिइन्। सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय प्रमुख शुशील मृतक विद्यार्थीका परिवारलाई राहत उपलब्ध गराउन सहयोगका लागि पार्टी नेतृत्वसँग आग्रह गरे । हमास विद्रोहीको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल उद्धारका लागि कुटनीतिक भूमिका निभाउन पनि उनले माग गरे।

आफ्नो मातृ पार्टीको मेची(महाकाली समाजवादी जागरण अभियानमा सहभागी अनेरास्ववियूले अभियानकै क्रममा टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको केन्द्रीय कार्यालय सदस्य मिलन राईले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्