काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका-१ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासका लागि आर्थिक सहयोग स्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
कम्पनीले सामाजिक कार्यका लागि यति ठूलो धनराशि सहयोग गरेकोमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयले प्रशंसा गरेको छ। व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत कम्पनीले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्