Shikhar Insurance
National Life

 देशैभर विश्व दृष्टि दिवस मनाइयो, टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १७:२४
Hyundai
NCELL
NIMB

काठमाडाैं । सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउँदै आइएकोमा यो बर्षपनि विश्वभरी नै ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारीहरु प्रवाह गरी सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन तथा अन्धोपन न्यूनीकरण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन इन्टरनेसनल ऐजेन्सी फर द प्रिभेन्सन फर द ब्लाइन्डनेस(आईएपीबी) ले संयुक्त रुपमा मनाउन सुरु गरेको विश्वदृष्टि दिवस यो वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौं’ भन्ने नाराका साथ आज अक्टोवर १२ तारिख (असोज २५ गते)का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल नेत्रज्योति संघले विगतमा जस्तै यो वर्ष पनि आँखा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ । संघ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुले देशैभरी विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीहरुको आँखा जाँच सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाइएको हो ।

संघले दृष्टिदिवसकै अवसरमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने, काठमाडौंको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरुमा समेत जनचेतना मुलक भिडियो प्रसारण गरिरहेको छ ।

 टिकटक प्रतियोगितामा पौडेल प्रथम

दृष्टिदिवसका अवसरमा नेपाल नेत्रज्योति संघले आई केयर फाउन्डेसनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् । संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन्।

त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतिय भएकी छन् । संघले पछि एक कार्यक्रमको आयोजना गरि विजेतालाई पुरस्कृत गरिनेछ । प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिनेछ ।

प्रतियोगिताको घोषणा गर्द उत्कृष्ट एकलाई नगद ५० हजार रूपैयाँसहित पुरस्कृत गर्ने घोषणा गरिएको भए तापनि प्रतियोगितामा प्रतियोगिहरुको उत्साहजनक सहभागिता आएको र आगामी दिनहरुमा समेत उनीहरुलाई आँखा स्वास्थ्यसम्बन्धी जनचेतना मूलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको बताउँछन् संघका कार्यकारी निर्देशक डा।शैलेश कुमार मिश्र ।

संघका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रहसमेत गरे ।

वि.सं. २०३५ सालमा एक गैर नाफामुलक गैरसरकारी संस्थाका रुपमा स्थापना भएको नेपाल नेत्रज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरुमार्फत नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।

विश्वमै सबैभन्दा ठूलो आँखा उपचार सेवाको सञ्जालका रुपमा रहेको नेपाल नेत्रज्योति संघले नेपालमा प्रवाह हुन आँखा उपचार सेवाको करिब ९० प्रतिशत हिस्सा ओगटेको छ । बार्षिक उपचार हुने बिरामीको संख्याका हिसाबाले हेर्दा पनि नेपाल नेत्रज्योति संघ विश्वमै दोस्रो स्थानमा देखिन्छ ।

स्थापनादेखि हालसम्म संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्