काठमाडौं । नेपाल बिमा प्राधिकरणबाट इजाजतपत्र पत्र नेपालकै पहिलो पहिलो पव्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा बिहीबार कम्पनीको रजिष्टाड कार्यालय नक्सालमा सम्पन्न भएको छ ।
उक्त साधारणसभामा संस्थापक समूहबाट रिक्त सञ्चालक पदमा बिराटनगर–१२, मोरङ निवासी नमिता शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गर्यो । साथै, सामान्य प्रस्तावतर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व. २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गर्यो ।
यसैका साथ, विशेष प्रस्तावतर्फ सर्वसाधारणलाई सेयर निष्कासन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भिœयाउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्यो । उक्त समारोहमा संस्थालाई योगदान पुर्याउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदानसमेत गर्योे ।
प्रतिक्रिया दिनुहोस्