Shikhar Insurance
National Life

हिमालयन बैंकद्वारा काठमाडौं प्रहरीलाई पाँच थान गोप्रो क्यामरा हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १२:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौंलाई रुपैयाँ २ लाख ६७ हजार ५ सय बराबरको इन्स्टा ३६० चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो ९ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा सहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिविधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले प्रहरी परिसरलाई सो सहयोग प्रदान गरेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुड ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारी र मुख्य प्रबन्धकसमीर आचार्यको पनि उपस्थिति रहेका थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्