Shikhar Insurance
National Life

क्याब्रिजको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरुको उत्साहजनक सहभागिता

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सही सूचना प्रवाह गर्न क्याम्ब्रिजले आयोजना गरेको ‘स्कलरसिप डे’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । अक्टोबर ९ मा काभ्रेको बनेपा तथा अक्टोबर ११ काठमाडौंको बागबजारस्थित कार्यालयमा गरिएको ‘स्कलरसिप डे’ कार्यक्रममा सहभागी विद्यार्थीहरुले अर्बोड स्टडीका विविध विषयमा क्यानडा, यूके र अस्ट्रेलियाका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग डाइरेक्ट शैक्षिक परामर्श लिए ।

सो क्रममा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूको शैक्षिक, आर्थिक तथा व्यक्तिगत बायोडाटाहरू हेरेर करियर काउन्सेलिङ गर्दै अब्रोड स्टडीमा उनीहरूले पाउने स्कलरसिप, लागत, भिजा प्रकृयासँगै कलेज र विश्वविद्यालयको विवरण र पोलिसीहरूबाटे परामर्श दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार बागबजारमा आयोजित कार्यक्रममा मात्रै २ सयबढी विद्यार्थीहरुको सहभागीता रहेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिम्खडाले जानकारी दिए । ‘दसैं तिहार जस्तो चाडवाडको बेलामा पनि अर्बोड स्टडीका विविध पक्षमा जानकारी हासिल गर्न विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भए। धेरै विद्यार्थीको चाहना अन्तर्राष्ट्रिय डिग्री हासिल गर्ने, आफ्नो भविष्य सुरक्षित र सुनिश्चित गर्ने रहेको पायौं,’ सिम्खडाले भने ।

कार्यक्रममा अधिकांश विद्यार्थीहरुले क्यानडाको शिक्षा, भिजा प्रक्रिया, छात्रवृत्ति, लागत, अध्ययनसँगै पाउने अवसरका बारेमा परामर्श लिएका थिए । दोश्रो नम्बरमा यूएसए (अमेरिका) का लागि विद्यार्थीहरुको चासो थियो । तेस्राे नम्बरमा अस्ट्रेलिया र चौथो नम्बरमा यूकेको शिक्षाबारेमा परामर्श लिएका थिए ।

कार्यक्रममा उच्च शिक्षाका लागि विदेश जान भनेर आइएलटिएस, पिटिई जस्ता भाषा कक्षा लिइरहेका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । उनीहरुलाई क्यानडा, यूएसए, अस्ट्रेलिया र यूकेका विश्वविद्यालय र कलेजका आधिकारिक प्रतिनिधिहरुले परामर्श गरेका थिए । बनेपामा २ दिन अगाडि भएको कार्यक्रममा पनि १३० बढी विद्यार्थीले सहभागीता जनाएका थिए ।

स्वदेशमा होस् वा विदेशमा क्वाटिलीयुक्त शिक्षा हासिल गर्नुपर्छ भन्ने सन्देश चाडबाडको बेला छोटो समयमा गरिएको कार्यक्रममा विद्यार्थीहरुको उत्साहजनक सहभागिताबाट पुष्टि भएको सिम्खडाको भनाई छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्