Shikhar Insurance
National Life

आगलागीका कारण अवरूद्ध ल्यूटन विमानस्थलमा उडान सेवा पुनः सुरु

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार ११:५२
Hyundai
NCELL
NIMB

लण्डन । लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङमा आगलागीपछि अवरूद्ध उडान पुनः सञ्चालन भएका छन् ।

विमानस्थलमा परिसरमा भीषण आगलागीका कारण पार्किङ संरचना आंशिक रुपमा भत्किएपछि सबै उडान र अवतरण स्थगित गरिएको केही घण्टापछि बुधबार दिउँसोदेखि उडान पुनः सुरु भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“धावनमार्ग अहिले खुला छ, र उडानहरू आवागमन शुरू भएको छ,” बेलायतको राजधानीको उत्तरमा रहेको ल्यूटन विमानस्थल प्रशासनले दिएको जानकारीमा भनिएको छ ।

विमानस्थलको नवनिर्मित कार पार्कमा स्थानीय समयअनुसार मङ्गलबार साँझ ८ः४७ बजे आगलागी भएको थियो भने अग्नि नियन्त्रक तथा सुरक्षा अधिकारीको घण्टौ लामो प्रयासपछि स्थगित उडान सेवा पुनः सञ्चालनमा आएको हो ।

यसअघि विमानस्थलले एक विज्ञप्ति जारी गर्दै बुधबार दिउँसोसम्मका लागि सबै उडान स्थगन गरेको छ भने यात्रुलाई त्यहाँ यात्रा नगर्न आग्रह गरेको थियो ।

आगो लाग्दा करिब एक हजार ५०० कारहरु पार्किङमा थिए । आगलागीबाट भएको क्षतिको भौतिक विवरण सार्वजनिक भएको छैन । आगलागीलाई नियन्त्रणमा लिने क्रममा केही व्यक्ति घाइते भएको तर ठूलो मानवीय क्षति भने नभएको जनाइएको छ ।

पार्किङमै रहेको कारबाट आगो सल्केको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भएपनि आगलागीको कारण खुल्न सकेको छैन । एजेन्सी

GBIME

प्रतिक्रिया दिनुहोस्