Shikhar Insurance
National Life

बाँडफाँड भयो रूरूको आईपीओ : ९२ हजार आवेदन रद्द, यस्तो छ ‘एलोटमेन्ट समरी’

सिंहदरबार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार ११:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीले चैत्र २० गतेदेखि चैत्र २४ गतेसम्म सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर निष्कासन गरेको थियो । जसमा २ प्रतिशत अर्थात् ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा १६ लाख ८३ हजार १ सय २१ आवेदकले २ करोड ३५ लाख ४६ हजार ४ सय ४० कित्ताका लागि आवेदन परेको थियो । माग भएको सेयर निष्कासन गरिएको भन्दा ६२.१ गुणा बढी हो ।

आवेदकमध्ये १५ लाख ९० हजार ८ सय ९६ मात्र योग्य ठहरिए । बाँकी ९२ हजार २ सय २५ आवेदन रद्द भए ।

ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जनाले १० कित्ता पाएका भने बाँकि ७ जनाले ११–११ कित्ता पाएका छन् ।

यसरी कम्पनीको आईपीओ हरेक ४२ जनामध्ये १ जनाले पाएका छन् ।

यस्तो छ ‘एलोटमेन्ट समरी’

बाँडफाँड पछि आईपीओको नतीजा मेरोसेयर, मेरोसेयरको आईपीओ नतीजा हेर्ने पोर्टलएनएमबी क्यापिटलको वेबसाइटमा हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्