अहिले मुलुकको अर्थतन्त्रबारे चौतर्फी चिन्ता छ । राजस्व लक्ष्य भन्दा निकै कम मात्र संकलन हुनु, चालू खर्च धान्न नै ठूलो मात्रामा आन्तरिक ऋण उठाईनु, अर्थतन्त्रमा माग कम हुनु, निजि क्षेत्रको मनोबिज्ञान कमजोर हुनु जस्ता समस्या देखा परेका छन् । यी समस्याहरुको समाधानका लागि निम्न कार्य तत्काल गरिनु आवश्यक छ ।
१) सामान्य प्रकारका खर्चहरु जुन केहि वर्ष नगर्दा पनि हुन्छ, सो लाइ नियन्त्रण गर्नुपर्छ ।
२) दोहोरो जिम्मेवारीमा रहेका निकाय, सॅस्था खारेज गरिनु पर्दछ ।
३) सल्लाहकारी पदहरुलाइ पुनः सङरक्षित गरिनु पर्दछ ।
४) उच्च नेतृत्वको सहयोगीका रुपमा रहेका अस्थायी प्रकृतिका पदहरुबाट हुने जवाफदेहि लिन नपर्ने पदमा रहनेबाट हुने हस्तक्षेप र कानुनी दायित्व विनाको पदबाट हुने अभिलिखित नहुने कार्य रोकिनु पर्छ ।
५) सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निर्क्यौल गरेर लाभ हानी विश्लेषण गरेर गरिनु पर्दछ ।
६) राजस्व प्रशासन र व्यवस्थापनमा उपलब्धिमूलक हुनेगरि पुनसंरक्षित हुनुपर्दछ ।
७) सेवा प्रवाह सरकार आफैले गर्न पर्ने र हस्तान्तरण गर्न सकिने साथै सरकारले नियामन मात्र गर्दा हुने छुट्याइ सो को कार्यान्वयन गरिनु पर्छ ।
८) बजेट बिनियोजन गर्दा आयोजना संचालन पूर्व गर्नु पर्ने तयारी एकिन गरिनु पर्दछ, यसो नगरि हुने बजेट व्यवस्थामा नियन्त्रण गरिनु पर्छ ।
९) कानून बमोजिम व्यक्ति विशेषलाइ दिइने आर्थिक सुविधाको भूक्तानी इलेक्ट्रोनिक फन्ड ट्रान्सफर विधिबाट गरिनु पर्दछ ।
१०) तिनै तहको सरकारबाट श्रृजना हुने लामो समयसम्म भूक्तानी गरिनु पर्ने दायित्व तत् तत निकायको सक्षमताको आधारमा ऐन बमोजिम मात्र गरिनु पर्दछ ।
११) नियामक निकायको क्षमता बढाइनु पर्दछ ।
१२) कुनै पनि सार्वजनिक पदमा ( जनताबाट निर्वाचित हुने बाहेक) प्रतिस्पर्धाको आधारमा मात्र छनौट र नियुक्ति गरिनु पर्दछ ।
१३) सार्वजनिक पदमा रहने व्सक्तिले गर्ने विविध खर्चको कानूनबाट सिमा तोकिनु पर्दछ ।
१४) बजेट पध्दतिलाइ एजेन्सी पद्दतिमा लगिनु पर्दछ ।
१५)घरेलु उत्पादन, रैथाने बालीको संरक्षण र यसको बजार व्यवस्था र न्यूनतम मूल्यको सुनिश्चितता गरिनु पर्दछ ।(लेखक नेपाल सरकारका सचीव हुन)
प्रतिक्रिया दिनुहोस्