Shikhar Insurance
National Life

सल्लेमा प्रसूति कुरुवा घर सञ्चालन

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १०:५३
Hyundai
NCELL
NIMB

रुकुम पश्चिम । रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो पटक प्रसूति कुरुवा घर सञ्चालनमा आएको हो । गर्भवती तथा सुत्केरी र उनीहरुका कुरुवालाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो ।

‘वान हर्ट वल्ड वाइड’ तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर निर्माण गरिएको वान हर्ट वल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए। उक्त घर निर्माणमा २९ लाख ४८ हजार रूपैयाँ खर्च भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमा अस्पताल विकास समितिले ४ लाख रूपैयाँ खर्च गरेको छ । “गर्भवती र तिनका कुरुवा अब निःशुल्क रूपमा यहाँ बस्न पाउने छन्”, संयोजक गिरीले भने । कुरुवा घरमा चार श्ययासहित भान्साको व्यवस्था छ । गर्भवती तथा सुत्केरीलाई मापदण्डअनुसारका खानेकुराको व्यवस्था अस्पतालले गर्ने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्