पूँजी बजारमा कस्ले के गर्यो, के हुनु पर्थ्यो भन्ने कुरा भन्दा मैले के गरेको छु भन्ने विषयमा बढी केन्द्रित बनौं । खराब कम्पनीले प्रिमियम पायो, राईट पायो, आइपीओ पायो भनि रहनु भन्दा खराब कम्पनीमा किन हामीले लगानी गर्दैछौं ? त्यस तर्फ विचार गरौं ।
तपाईंलाई नुहाउनको लागि दुई वटा धाराको व्यवस्था गरिएको छ। एउटा सफा पानीको अर्को ढलको । तपाईं सफा पानी र ढलको पानीको धारा छुट्याउन सक्नु हुन्न भने नुहाएर सफा हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु होस ।
फोहोर पानीले नुहाउने अनि लुतो खटिरा आए भनेर आर्कोलाई गाली गर्ने काम नगर्नु होस ।
दोस्रो बजारमा लगानी गर्दै गर्दा कम्पनीको अनि शेयर बजारको आधारभूत विषयको जानकारी राख्ने गरौं। आधारभुत जानकारी सहितको शेयर बजार सुन्दर छ । अनि जानकारी बिनाको शेयर बजार निकै पीडा दायक छ। ‘असल र खराब कम्पनीको छनौट आजै देखि सुरु गरौ,
विभिन्न बहानामा थापेका पासोमा पर्दै नपरौं ।’(पौडेलको फेसबुकबाट)
प्रतिक्रिया दिनुहोस्