Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १५:१२
Hyundai
NCELL
NIMB

कठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । साथै ग्राहकहरुले पहिलोपटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएमहरु सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्