Shikhar Insurance
National Life

काठमाडौंका करिब ६ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने  

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १३:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण अभियान सुरु गरेको छ। कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान  सुरु गरेको हो।

आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा ५ हजार ८ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना  रहेको कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार आउँदो ३ महिनाभित्र ५ हजार ८ सयकुकरको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना छ ।

विगतका वर्षमा पनि यस किसिमको काम गरिएको भए पनि प्रभावकारी नभएको भन्दै यस वर्ष कार्यविधि नै बनाएर काम सुरु गर्न लागिएको  प्रमुख डा झाले जानकारी दिए।

विभिन्न ९ संघसंस्थाको सहकार्यमा गर्न लागिएको यो कार्य दैनिक दुई सय कुकुरको बन्ध्याकरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । यसका लागि दैनिक ५० जनाको विभिन्न समूह खटिने भएको छ ।

कुकुरको अनियन्त्रित प्रजनन् हुन नदिन गरिने स्थायी बन्ध्याकरण, कुकुरको सङ्ख्या नियन्त्रणको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी विधि हो । शल्यक्रियामार्फत गरिने बन्ध्याकरण स्थायी हुने, भाले र पोथी दुवै कुकुरका लागि उपयोगी हुने हुनाले यो सबैभन्दा धेरै प्रयोग हुने विधि  रहेकाले कामपाले सोही विधि अपनाएको जनाइएको  छ ।

“सामुदायिक कुकुरको व्यवस्थापनको प्रमुख उद्देश्य र विधि भनेको कुकुरको सङ्ख्या नियन्त्रण गर्नु नै भएको र यसबाट उनीहरूले निम्त्याउने समस्या कम गर्दछ”,  प्रमुख झाले भने। हाल कामपामा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान गरिएको छ । बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी सामुदायिक  कुकुरहरू बढी आक्रामक हुने गर्दछन् । रोगी÷अपाङ्गता भएका वा अन्य समस्या भएपछि घरपालुवा कुकुरलाई मालिकहरूले घर निकाला गर्ने सडकमा ल्याई छाड्ने चलन र सडकमा रहेका कुकुरको अनियन्त्रित प्रजननले गर्दा पछिल्लो समय सामुदायिक कुकुरको सङ्ख्या बढ्ने गरेको बताइएको छ ।

नेपालको मुलुकी अपराधसंहिता २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काइ, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी ३ महिनासम्म कैद वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्