Shikhar Insurance
National Life

बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल विजयी

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार १०:१४
Hyundai
NCELL
NIMB

लुम्बिनी । बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचनमा उनले ७ सय ७६ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले ६ सय ८९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै उद्योगतर्फको उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा यसअघि नै टंकप्रसाद गैरे र वाणिज्यतर्फको उपाध्यक्षमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्वाचन समितिका अनुसार महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषध्यक्षमा वसन्तप्रसाद ढकाल, सचिवमा प्रतीक पोखरेल चयन हुनुभएको छ । यस्तै सहकोषध्यक्षमा धनकुमारी खनाल, एकमात्र पद एशोसिएट सदस्यमा बालकृष्ण पौडेल विजयी भएका छन् ।

मतगणना परिणामअनुसार उद्योगतर्फ सदस्यमा दीपकप्रसाद चापागाईं, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भए भने वाणिज्यतर्फ सदस्यमा गणेशप्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टीकाराम बन्जाडे विजयी भएका छन् ।

खुलातर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

संघको यही असोज १९ गते ७०औं साधारणसभा तथा २५औं अधिवेशन भएको थियो । अधिवेशनअन्तर्गत सोमबार मतदान हुँदा एक हजार पाँच सय पाँच मत खसेको थियो । संघमा करिब एक हजार सात सय सदस्य मतदाता छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्