Shikhar Insurance
National Life

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीकाअघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैयाँसम्म क्यासब्याक दिइने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्यासब्याक रकम पीओएस, क्यअर पेमेन्ट रेमिट तथा अनलाइन पेमेन्टबाट गरीने कारोबारमा प्रदान गरिनेछ । चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखि कात्तिक ५ गतेसम्म लागू हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३ सय ८ शाखा (प्रधानकार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३ सय ९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्