Shikhar Insurance
National Life

क्याम्ब्रिज स्कलरसिप डे भोलिबाट

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १७:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले भोलिबाट ‘क्याम्ब्रिज स्कलरसिप डे’ सुरु हुँदैन । डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको क्याम्ब्रिजले क्यानडा, युके र अस्ट्रेलियाका लागि स्कलरसिप डे आयोजना गरेको हो ।

भोलि सोमबार काभ्रेको बनेपा तथा बुधबार काठमाडौं बागबजारस्थित क्याम्ब्रिजको मुख्य कार्यालयमा क्याम्ब्रिज स्कलरसिप डे हुनेछ । कार्यक्रममा क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गर्नुका साथै अर्बोड स्टडीका बारेमा जानकारी दिनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले क्याम्ब्रिज स्कलरसिप डेमा क्यानडा, युके र अस्ट्रेलियाको शैक्षिक अवस्था, विश्वविद्यालय र कलेजको बारेमा यथार्थ जानकारी दिइनुका साथै विद्यार्थीहरुको शैक्षिक, आर्थिक योग्यता हेरेर करियर काउन्सेलिङ गरिनेछ । ‘अर्बोड स्टडीका लागि प्लान बनाइरहेका विद्यार्थीहरुले यो कार्यक्रमबाट धेरै सूचनाहरु प्राप्त गर्न सक्छन् । क्यानडा, युके र अस्ट्रेलियाका प्रतिष्ठित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट डाइरेक्ट कुराकानी गर्न पाउँछन् ।’ कार्यक्रममा विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था हेरेर कतिपय कलेज र विश्वविद्यालयले स्कलरसिप समेत दिने कार्यक्रम छ ।

स्कलरसिप डेमा विद्यार्थीले मान्यताप्राप्त शैक्षिक परामर्शदाताबाट उच्च शिक्षाका लागि किन विदेश जाने रु कस्ता देश जाने रु कसरी जाने, कस्ता विषयहरु पढ्ने रु लागत, भिजा प्रक्रिया, छात्रवृत्ति, आइएलटिएस, पिटिई जस्ता भाषा कक्षाका बारेमा जानकारी हासिल गर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्