Shikhar Insurance
National Life

काठको चोरी नियन्त्रण गर्न सक्रियता

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १४:४६
Hyundai
NCELL
NIMB

चितवन । चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ। कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो।

कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ। यी युनिटले नियमित गस्ती, छड्के चेकजाँच, छड्के छापा लगायतका काम गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“चार्डपर्वको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि हामी लागि परेका छौँ”, उनले भने, “चाडपर्वको समयमा अन्यको बेला भन्दा बढी चोरी हुने भएकाले सक्रियता बढाएका हौँ ।” आवश्यक परेको खण्डमा प्रहरीसमेत परिचालन गर्ने गरी कामलाई अघि बढाइएको उनको भनाइ थियो ।

कार्यालयले वन क्षेत्रमा प्लास्टिकजन्य वस्तु र फोहर फाल्न निरुत्साहित गरिएको खनालले बताए। उनले भने, “वन क्षेत्रलाई फोहर फाल्ने केन्द्रको रुपमा प्रयोग गरिएको छ । यसलाई नियन्त्रणका लागि जनचेतना जगाउने लगायतका काम भइरहेका छन्।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्