Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जीवन बिमा सेवासम्बन्धी सम्झौता

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिका बीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतापश्चात् नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बिमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बिमा गराउने प्रतिबद्धतासहित धादिङ जिल्लामा नै नम”ना नगरपालिकाको रुपमा रहेको छ ।

प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरुको पशुपन्छी, बालिनालीको बिमापश्चात् कुनै कृषक दाजुभाइ तथा दिदीबहिनीको बिमा गरिएको कुनै पनि सम्पत्तिको हानीनोक्सानी भएमा क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न बताए ।

नगरपालिकाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तिको बिमा गरी ढुक्क भएर पशुपन्छी पालनलयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बिमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बिमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नगरवासीहरुको सम्पत्तिको बिमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भ”मिका निर्वाह गरी सराहनीय कार्य गर्नु भएकोमा नगर प्रमुख, प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठलगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्